के तपाईं जापान जाने सोचमा हुनुहुन्छ?
कि जापानमा हुनुहुन्छ र ठाउँ परिबर्तन गर्ने सोचमा हुनुहुन्छ ?
यदि त्यसो हो भने जापानको खागोशिमा शहर तपाईंको लागि उत्कृष्ट रोजाइ हुन सक्छ ।

तपाईंहरुलाई खागोशिमामा स्वागत छ ।

खागोशिमा नै किन ?

खागोशिमा शहर हामि बिदेशिहरुको लागि जिबिकोपार्जन गर्नको लागि सहज ठाउँ हो । यो एउटा सुबिधाजनक शहर भएकोले यहा केहि कुराहरुको पनि असुबिधा छैन सामानहरु किनमेल गर्नको लागि टाढा जानुपर्दैन । काम गर्नको लागि धेरै टाढा जानुपर्दैन । यहा घुम्ने ठाउँहरु पनि प्रशस्त रहेको छ । यहा पार्ट टाइम काम तथा काम खोज्नको लागि त्यति गार्हो छैन । त्यसमा पनि Nextage कम्पनिले हामि बिदेशिहरुको लागि धेरै राम्रो कम्पनिहरु खोज्ने र हामिहरुलाइ हरेक पक्षमा सहयोग र समर्थन गर्ने गरेको छ । हामि जब नेपालबाट बिदेशिन्छौ मनमा धेरै आशा र भरोशा लिएर हिडेका हुन्छौ । एउटा नया सपना लिएर आएका हामिहरु कस्तो ठाउमा हिडिरहेका छौँ भन्ने कुरा पनि राम्रो सङ्ग थाहा हुदैन । नयाँ देश ,नयाँ ठाउँ, नयाँ भाषा, नयाँ स्कुल र नयाँ कामका साथ नयाँ अनुभब बटुल्न पक्कै सजिलो छैन तर सङ्घर्श नै जिबन हो भनेर अघि बढ्नु बाहेक हामि सङ्ग बिकल्प पनि त छैन । त्यसैले तपाइ यो कुरामा ढुक्क हुनुहोस कि तपाइले खागोशिमालाइ रोज्नुभयो भने पछुताउनु पर्दैन ।

प्रिय अन्तर्राष्ट्रिय विद्यार्थीहरु

कस्तो कम्पनि हो त नेक्स्टेज (Nextage)?

Nextage एउटा ठुलो कम्पनि हो जसले अरु ठुला ठुला कम्पनि सङग सहकार्य गरेर सहज रुपमा काम लगाइदिने काम गर्छ । यो कम्पनि २००४/४/१६मा स्थापना भएको थियो । अहिले यस कम्पनिमा ८००भन्दा माथि स्वदेशि र बिदेशि कामदारहरु रहेका छन । पहिले स्वदेशिहरुबाट सुरुवात गरेको यस कम्पनिले २०१६तिरबाट बिध्यालयहरु सङ्ग सहकार्य गरेर बिदेशि बिध्यार्थिहरुलाइ पनि पार्ट टाइम जब लगाउन सुरु गरेको हो । अहिले २०२३सम्म आइपुग्दा यस कम्पनिमा काम गर्ने बिदेशि बिध्यार्थिहरुको सङ्ख्या २०० भन्दा बढि रहेको छ ।

Nextage नै किन रोज्ने ?

  • Nextage ले काममा लगाउनुभन्दा अगाडि कामको बारेमा सम्पुर्ण जानकारि गराएर मात्र काम लगाउने गर्दछ जसले गर्दा काममा जानु अगाडि नै हजुरलाइ कामको बारेमा थाहा हुन्छ ।
  • कम्पनिमा बिभिन्न देशका स्याइनहरु पनि भएको हुनाले तपाइहरुले निहोङ्गो थोरै मात्रै आउछ भनेर डराउनु पर्दैन ।
  • Nextage ले धेरै ठुला ठुला बिभिन्न कम्पनिहरु सङग सहकार्य गरेको छ त्यसैले तपाइहरुले आफुले खोजेजस्तो कम्पनिमा काम गर्न पाउनुहुन्छ र राम्रो काम गर्दै गएमा पछि त्यहि वर्किङ्ग गर्न सक्नुहुन्छ ।
  • कम्पनिमा निशुल्क बसको सुबिधा पनि छ । हजुर हिडेर वा साइकल चलाएर काममा जानु पर्दैन ।

काम कुन समयमा गर्ने ?

  • बिध्यार्थिहरु बिध्यालय बाहेक जुन समय पनि काम गर्न सक्छ्न र डिपेन्डेन्ट तथा अरु भिसामा रहेका ब्यक्तिहरु बिहान ,दिउसो र बेलुका जुन समयपनि काम गर्न सक्छन ।
  • जस्तै : बिहान स्कुल हुनेहरु दिउसो काम गर्न सक्नुहुनेछ र दिउसो काम हुनेहरु बिहान काम गर्न सक्नुहुन्छ । २४घण्टा चल्ने कम्पनिहरु पनि भएको हुनाले तपाइले साझ र राति पनि काम गर्न सक्नुहुनेछ ।

कति जति कमाउन सकिन्छ ?

  • घण्टाको (Per hour) १०००~१२००
  • महिनाको(Per month) ११५,०००~१५०,०००
  • कम्पनि र काम अनुसार पैसा तोकिएको हुन्छ ।अहिले कम्तिमा घण्टाको १००० र बढिमा १२०० रहेको छ ।

सोचेको जापान र भोगेको जापान

२०१८/११/२५ यो दिन धेरै सपनाहरु बोकेर बुबाआमालाइ रुवाउदै जन्मभुमि छोडेर बिदेशि भुमिमा पाइला टेकेको दिन । जापानको नागोया शहरलाइ कर्मभुमिको रुपमा रोजेको थिएँ मैले । त्यो समयमा मलाइ यहाँ आएर काम त पाउन खासै गार्हो भएन । कन्सल्टेन्सि कै सम्पर्कबाट हामि बिध्यार्थिहरुलाइ बस्न र कामको ब्यबस्था गरिएको थियो । जापानको नियम धेरै नै कडा थियो । बिध्यार्थिहरुले हप्ताको २८ घण्टा भन्दा काम गर्न पाइन्न थियो हप्ताको २८ घण्टाले स्कुल फि तिर्न र आफ्नो जिबिकोपार्जन गर्न नै धौ -धौ हुन्थ्यो । त्यसमा पनि आउँदा लागेको ऋण त्यत्तिकै थियो । बिहान स्कुल ,दिउँसो सुत्ने र राति काममा जाने दैनिक रुटिन नै बनिसकेको थियो । चाड्पर्ब आउँदा झलझलि घरको सम्झना आउथ्यो । जति सोचेर आएको थिएँ त्यो भन्दा धेरै कठिन थियो परिस्थिति । नेपालको सानो ठाउँमा हुर्केको म यहाँको धेरै कुराहरु नौलो थियो । ट्रेन देखि लिएर प्लेन सम्मको नयाँ अनुभब थियो मेरो लागि ।

अनिता थापा

सुरुसुरुमा भाषा नबुझेर धेरै गार्हो भएको थियो । भाषा बोल्न नजानेको कारण बिना गल्ति नै गालि खानुपरेको अनुभब छ म संग । हुन त यो मेरो मात्रै अनुभब हैन बिदेशिएका सम्पुर्ण दाजुभाइ दिदिबहिनिले सुरुवाति अबस्थामा भोग्नु भएकै होला... साच्चै नै हामि सानो बच्चा जस्तै थियौँ न त भनेको नै बुझिन्थ्यो र न त भन्न नै सकिन्थ्यो । हरेक कुराहरु इशाराले नै काम चल्थ्यो । जापानीजहरु पनि हाम्रो भाषा नबुझेपनि इशारा बुझेर नै हामिलाइ सहयोग गर्न तत्पर हुन्थे । साच्चै शान्त स्वभाबका सहयोगि जापानीजहरु देखि प्रभाबित थियौँ हामि बिदेशिहरु । जहाँ गएपनि ठुलो ठुलो स्वरले चिच्याएर कुरा गर्नुपर्ने हामिहरु बिस्तार बिस्तारै यिनिहरु जस्तै हुदै गैरहेका थियौँ शान्त र नम्र... त्यसपछि मेरो जापानीज भाषा बिध्यालयको कोर्ष सकियो । १ बर्ष ४ महिनाको बसाइ पछि व्यावसायिक विद्यालय (सेनमोन गाक्कोउ ) को लागि जापानको अर्को शहर खागोशिमा जाने बिचार गरेँ ।

खागोशिमा आइसकेपछि सामानहरु किन्न टाढा जानु नपर्ने र स्कुल पनि नजिकै भएकोले बस्नको लागि धेरै नै सहज महसुस भयो । यहाँका मान्छेहरुको सहयोगिपन र स्वभाब पनि धेरै नै राम्रो लागेको थियो । त्यसपछि २ बर्षको सेनमोन गाक्कोउ सकिएपछि मैले यहि ठाउमा वोर्किङ्ग लगाउने बिचार गरेँ र कम्पनि खोज्ने शिलशिलामा खागोशिमा कै एक कम्पनिमा स्याइनको रुपमा नियुक्ति हुने मौका पाएँ । हरेक कुराहरु सहजै पाउन सकिदैन परिस्रम गर्नुपर्छ भन्ने कुरा हो जस्तो लाग्यो । जापानीजहरु नियमको पुर्ण रुपमा पालना गर्ने गर्दछन । हामिलाइ सुरुसुरुमा त समयको पालना गर्न नै धेरै गार्हो हुन्छ । त्यसैले जापान आइसकेपछि जापानको नियमको पालना गरौँ । अहिले नेपालमा हुनुहुन्छ र जापानमा आउनको लागि सोच्दै हुनुहुन्छ भने जापानको बारेमा राम्रो संग बुझेर आउनु होला । थोरै आश र धेरै बिस्वास लिएर आउनुभयो भने तपाइले पक्कै सफलता पाउन सक्नुहुन्छ ।

お気軽にお問い合わせください